26.1 C
Kathmandu

मुलुकका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिनादर्ता सञ्चालनमा

काठमाडौं । मुलुक भित्र थोक तथा खुद्रा व्यापार गर्ने करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता बिना नै सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ ले ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता बिना नै सञ्चालनमा रहेको देखाएको हो ।

उक्त सर्वेक्षण अनुसार मुलुकभित्र थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् । जसमध्ये करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान मात्रै कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको देखाएको छ । बाँकी करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालनमा छन् ।

यस क्षेत्रमा कुल ११ लाख ३० हजार ६ सय ४५ जना संलग्न रहेको सर्वेक्षणले देखाएको छ । जसमध्ये ६४ प्रतिशत अर्थात् ७ लाख २६ हजार ६ सय ८१ पुरुष र ३६ प्रतिशत अर्थात् ४ लाख ३ हजार ९ सय ६४ महिलाको संख्या रहेको पाइएको छ ।

सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट २ अर्ब ४ करोडबराबर अन्य अम्दानी गर्ने गरेको पाइएको छ । व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च १ खर्ब ३३ अर्ब र प्रति प्रतिष्ठान औसत सञ्चालन खर्च २ लाख ६४ हजार देखिएको सर्वेक्षणमा उल्लेख छ ।

आन्तरिक व्यापार अन्तर्गत मुलुकभित्र हुने वस्तुको थोक तथा खुद्रा व्यापार क्षेत्रको अवस्थाबारे अध्ययन गरी आधारभूत तथ्यांक उपलब्ध गर्न केन्द्रीय तथ्यांक विभागवाट आर्थिक वर्ष २०६५÷६६ मा पहिलो व्यापार सर्वेक्षण सञ्चालन गरिएको थियो भने दोस्रो सर्वेक्षण १४ वर्षपछि २०७८÷७९ मा सञ्चालन गरिएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार