23.1 C
Kathmandu

मुद्रण उद्योग महासङ्घको १० औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन 

काठमाडौं । मुद्रण उद्योग महासङ्घको १० औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले विष्णु तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार काठमाडौंमा सम्पन्न १० औं साधारण सभा तथा पाँचौ महाधिवेशनले ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु तिवारी, बरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा राजकुमार घिमिरे, द्वितीय उपाध्यक्षमा मनोजकुमार जि.सी, उपाध्यक्ष कोशीमा युवराज डाँगी, उपाध्यक्ष मधेशमा सिताराम साह, उपाध्यक्ष बागमतीमा इन्द्रप्रसाद नेपाल, उपाध्यक्ष गण्डकीमा महेन्द्र बजिमय, उपाध्यक्ष लुम्बिनीमा मिना सुवेदी ढकाल, उपाध्यक्ष कर्णालीमा सोमराज ढकाल र उपाध्यक्ष सुदूरपश्चिममा मणिकान्त मिश्र निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा अर्जुनप्रसाद सापकोटा, उप महासचिवमा चण्डी ढकाल, सचिवमा नारायण भट्टराई, सह सचिवमा खिलनाथ लुइटेल र कोषाध्यक्षमा निराजन नरसिंह शाक्य निर्वाचित भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार