26.1 C
Kathmandu

बार्षिक ३५ लाख नेपालीको विदेश आउजाउ, त्रिभुवन विमानस्थल प्रयोग गर्ने यात्रु एकै वर्ष ८६ लाख ९१ हजार

काठमाडौं । बाषिक ३५ लाख नेपालीको विदेश आउजाउ हुने गरेको छ । नेपालबाट साढे १७ लाख नेपाली बाहिरिने र त्यतिनै संख्यामा एक वर्षमा स्वदेश भित्रने गरेका छन ।

काठमाडौं विमानस्थलको पछिल्लो एक तथ्यांक अनुसा बार्षिक ४५ लाख यात्रुले गर्ने विदेश आवतजावतमा १० लाख मात्रै पर्यटक रहेका छन् । बाँकी ३५ लाख नेपालीको विदेश आउने र जाने काम भइरहेको तथ्यांकले देखाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक वर्ष करिब ८७ लाख यात्रुलाई सेवा दिएको छ । विमानस्थलबाट भएको यो यात्रु सेवा अहिलेसम्मकै धेरै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे तथ्यांक अनुसार गत वर्ष सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरि विभिन्न गन्तव्य गएका छन् ।

तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशीने यात्रु मात्रै २४ लाख २० हजार ७८७ रहेका छन् । यसैगरी यो विमानस्थल हुँदै भित्रने अन्तर्राष्ट्रिय यात्रु २१ लाख २० हजार ३५० रहेका छन् । समग्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आउने र जाने अन्तर्राष्ट्रिय यात्रुको संख्या ४५ लाख नाघेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशीने यात्रु मात्रै २४ लाख २० हजार ७८७ रहेका छन् । यसैगरी यो विमानस्थल हुँदै भित्रने अन्तर्राष्ट्रिय यात्रु २१ लाख २० हजार ३५० रहेका छन् ।

यो तथ्यांक गत वर्ष २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढेको र कोभिड १९ अघि २०१८ को भन्दा ४.५ प्रतिशतले उकालो लागेको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्याले रेकर्ड कायम गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबावु तिवारीले बताए ।

उनका अनुसार उडान अवतरण पनि गत वर्षको भन्दा २९.४० प्रतिशतले बढेको छ । यो वर्ष ३१ हजार ४६० अन्तर्राष्ट्रिय उडान भएका छन् । यस्तो उडान संख्या भने कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ प्रतिशतले घटि हो ।

तिवारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण अघिल्लो वर्ष २०२२ को तुलनामा ९.२ प्रतिशतले बढेको छ ।

सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७९ लाख ५४ हजार ४९५ यात्रु आवागमन गरेकामा यो वर्ष ८६ लाख ९१ हजार पुग्नु भनेको यात्रु सेवाका हिसावले रेकर्ड रहनु पनि हो ।

विमानस्थलबाट हुने विभिन्न आन्तरिक गन्तव्यमा जाने यात्रुको संख्या पनि ४१ लाख ५० हजार ३२६ रहेको छ । यो संख्या गत वर्ष सन् २०२२ को तुलनामा ७.०७ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा ९६ हजार ९८९ उडानमार्फ काठमाडौं आउने र जाने आन्तरिक यात्रुको संख्या ४१ लाख नाघेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार