16.1 C
Kathmandu

नेशनल लाईफ इनस्योरेन्सले बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने

 

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता बापतको २५ लाख रुपैयाँको चेक संस्थालाई हस्तान्तरण गरे ।

समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउँदै परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । उनले अस्पताल संचालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार