23.1 C
Kathmandu

ऋणको भारीले थिचिदैँ नेपाली, एक जनाको टाउकामा ७८ हजार पुग्याे

काठमाडौं । नेपाली ऋणको भारीले थिचिदै गएका छन । हाल नेपालमा रहेको करिब ३ करोड जनसख्ंयाको आधारमा एक नेपालीको भागमै ७८ हजार ऋण पुगेको छ । अहिले सार्वजनिक ऋणको भार साढे २३ खर्ब पुगेकोले नेपालीको भागमा ऋणको दायित्व हरेक महिना बढेदै गएको छ ।

सरकारलाई ४ महिनामा सार्वजनिक ऋणको भार साढे ३१ अर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार सार्वजनिक ऋणको भार बढेर २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

यस्तो ऋणमा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना साउनदेखि कात्तिकसम्मा सार्वजनिक ऋणको भार साढे ३१ अर्ब ५१ करोड ८६ लाख रुपैयाँले थपिन पुगेको छ । चालू आवमा मात्रै १ खर्ब १३ अर्ब लिँदा ८१ अर्ब ६४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको पनि तथ्यांकले देखाएको छ ।

यो अवधिसम्ममा सरकारको तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांक अनुसार सरकारले चालू आवको ४ महिनामा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यस्तो ऋण बाह्यमा भने १५ अर्ब ८५ करोड रुपैयाँ मात्रै छ ।

सरकारले हालसम्म लिएको ऋणका लागि चालू आवको कात्तिकमा मात्रै आन्तरिक ऋण ६५ अर्ब ४५ करोड भुक्तानी गरेको छ भने बाह्य ऋण १६ अर्ब १८ करोड भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार