29.1 C
Kathmandu

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। कांग्रेसभित्र विद्रोह गरेर नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका ८६ सांसदले मत दिएका थिए। यो संख्या कोशी प्रदेशको दुई तिहाईभन्दा धेरै हो ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् । संविधानको धारा १६८ ९५० बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सा‌ंसदले विपक्षमा मतदान गरेका छन् । राप्रपाका एक सांसद भने अनुपस्थित थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार