26.1 C
Kathmandu

अन्त: शुल्क स्टिकर छपाइ अब नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले मुलुक भित्र आवश्यक पर्ने अन्तः शुल्क ‘स्टिकर’ मुलुक भित्र छाप्न निर्देशन दिएका छन् ।
बिहीबार काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षणका क्रममा मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन ।

निरीक्षणका क्रममा अर्थमन्त्री शर्माले भने “हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु” ।

यहाँ जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्न सक्ने बताइएको छ । नेपालमा सुरक्षित मुद्रणको ठूलो बजारसमेत रहेको उल्लेख गर्दै मन्त्री शर्माले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसबाट लाभ लिन सकिने बताए । उनले भने “धेरै ठूलो व्यापार यसले गर्न सक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो”, “यहाँ मैले घाटा देखिन । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।”

 

अहिले जनक शिक्षा सामग्री केन्द्रले स्टिकर छाप्ने काम गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिँदै आएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार