29.1 C
Kathmandu

आइएमई फाउन्डेसनद्धारा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान

काठमाडौं /आइएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।फाउण्डेसनले जारी गरेको विज्ञप्ति अनुसार सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र इच्छुक व्यक्तिबाट व्यक्तिगत विवरणसहित दरखास्त दिन कम्पनीले आह्वान गरेको जनाएको छ ।

दुई जनालाई प्रदान गरिने उक्त छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिने कमपनीले जनाएको छ । सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बताइएको छ ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शुल्क इन्टर्नसीपको अवसर प्राप्त हुने छ भने अध्ययन पूरा गरेसँगै कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्ने कम्पनीको शर्त छ । यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र÷छात्रालाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार