29.1 C
Kathmandu

राष्ट्रपति रामचन्द्र पौडेलले उपचारको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने 

काठमाडौं/ भारतको नयाँदिल्लीमा उपचार गराएर नेपाल फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारका क्रममा भएको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने भएका छन् । 

राष्ट्रपति कार्यालयबाट प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गर्दै नेपालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहमा भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लगिएको बताउँदै त्यहाँ उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वयम्‌ले ब्यहोर्ने जानकारी दिएका हुन् ।

यसअघि भिभिआइपीको उपचारका नामा ठूलो धनराशी खर्च हुने गरेकोले राष्ट्रपति पौडेल उपचारका लागि दिल्ली गएपछि उनको चर्को आलोचना भइरहेको थियो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार