काठमाडौं । जहाज अभावमा आन्तरिक विमानस्थल अधिकांशमा उडान हुन सकेको छैन । एक त वायुसेवा कम्पनीसँग जहाज अभाव त अर्को सडक पहुँचले यात्रु नपाइने हुँदा देशभरका दर्जन कालोपत्रे विमानस्थलमा अझै पनि नियमित उडान हुन सकेका छैनन् ।
परीक्षण उडान सम्पन्न गरेपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडानको कुनै छाँट छैन । तर यो विमनस्थलमा नेपाल वायुसेवा निगमले मात्रै ३ पटक परीक्षण उडान गरिसेकेको छ ।
निगमले शुक्रबार अर्थात १५ बैशाखमा ९एन एबीटी नामको ट्वीनअटर जहाबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ । यो तेस्रो पटक भएको परीक्षण उडान हो । यस अघि २ पटक परीक्षण उडान भइसकेको छ ।
परीक्षण उडानको लागि जहाज काठमाडौंबाट स्थानीय समय अनुसार विहान ०६ः४६ मा उडान गरेर ०७ः४२ मा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो ।
उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुको संयुक्त टोली सम्मिलित रहेको थियो ।
परीक्षण उडानपश्चात् निगमसँग जहाजको उपलव्धता भएसँगै काठमाडौं–रेसुङ्गा–काठमाडौं सेक्टरमा नियमित उडान सञ्चालन गर्न निगमका कार्यकारी युवराज अधिकारीको विशेष निर्देशन दिएका छ ।
निगमसँग जम्मा २ वटा ट्वीनअटर छ । यो जहाजले नियमित उडान गर्न सक्ने अवस्था छैन भने निजप्ी वायुसेवा आकर्षित हुन सकेका छैनन् ।