29.1 C
Kathmandu

देउवाको अमेरिका भ्रमण रद्दसहित एसपीपी अस्वीकार, अमेरिकालाई पत्र लेख्ने निर्णय

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी ओली सरकारले गरेको प्रस्ताव अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने र अमेरिकालाई सोको जानाकारी सहित पत्र लेख्ने सरकारले निर्णय गरेको छ । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र पठाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले अनौपचारिक रुपमा एसपीपी अस्वीकार गर्ने जानकारी दिएका हुन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठकमार्फत एसपीपी अस्वीकार गर्ने निर्णय गराएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको बैठकले एसपीपी अस्वीकार गर्ने औपचारिक निर्णय गरेको ती मन्त्रीले बताए ।

नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमवार देउवालाई भेटेर एसपीपी अस्वीकार गर्ने औपचारिक निर्णय गर्न सुझाव दिएका थिए । एसपीपीलाई लिएर संसदमा लगातार विरोध हुँदै आएको छ ।

२०७३ मंसिर १० गते नेपाली सेनाले एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेको थियो । त्यो बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सेनाले पत्राचार गरेको विषय राजनीतिक नेतृत्वलाई थाहा नदिएको बताएका थिए ।

प्रधानमन्त्री देउवाले गर्ने भनिएको अमेरिका भ्रमणमा एसपीपीमा सम्झौता हुने आशंका बढेको भन्दै संसदको अन्तर्राष्टिय सम्बन्ध र मानव अधिकार समितिले देउवालाई छलफलको लागि बोलाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले अमेरिकालाई एसपीपीमा सहभागिता नहुनेबारे पत्र लेख्नेछ । नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले नेपालले औपचारिक पत्र लेखेर एसपीपीबाट फिर्ता हुन सक्ने बताएका थिए ।

सरकारले विदेशी मुलुक र कुटनीतिक नियोगलाई पत्राचार गर्दा अनिवार्य परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने समेत निर्णय गरिएको ती मन्त्रीले बताए ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण समेत रद्द भएको छ । मन्त्रीपरिषदको असार ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार