काठमाडौं । एनएमबि बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन् । अन्नपूर्ण केबलकारमा एनएमबिमा खाता भएका ग्राहकलाई छुट दिने विषयमा द्घिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट भुक्तानी गर्नुपर्ने छ ।
यसरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्याङ्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।