9.1 C
Kathmandu

तारा एयरको सम्पर्कविहिन जहाज २२ घण्टापछि भेटियो, एकै परिवारका ७ जनासहित सबै यात्रुको मृत्यु

काठमाडौं । आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज सोमबार विहान मात्रै भेटिएको छ । जहाज करिब २२ घण्टापछि मात्रै भेटिएको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने जहाज टुक्राटुक्रा हुनुका साथै शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना थिए ।

मुक्तिनाथको दर्शनका लागि गएका परिवारै जहाज दुर्घटनामा परेका हुन । दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

उक्त जहाजलाई यासागुम्बा टिप्न गएका यात्रुले भेटेका थिए । आइतबार दिनभर मौसम खराव भएपनि नभेटिएको जहाज मौसम खुलेसँगै सोमबार बिहानै फेला परेको हो । यो जहाज मानापाथी हिमालको फेदीमा नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो ।

तारा एयरको ९ एन–एईटी कलसाइनको उक्त जहाज जहाजलाई प्रशिक्षक पाइलट प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाजमा को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार