23.1 C
Kathmandu

रेमिट्यान्स पठाउने नेपालीलाई आइपीओमा कोटा, आगामी बजेटमा आउने अर्थमन्त्रीको संकेत

काठमाडौं । नेपालबाट श्रम गर्न विभिन्न गन्तव्यमा गएका नेपालीलाई सरकारले रेमिट्यान्स पठाएवापत प्राथमिक शेयर निष्कासन (आईपीओ)मा कोटा दिने भएको छ ।

सरकारले विदेशमा बस्ने नेपालीलाई आइपीओ निकाल्दा न्यूनतम रकम छुट्याउनैपर्न व्यवस्था गर्ने भएको छ । यो व्यवस्था आगामी आवको बजेटबाट आउने संकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

सरकारले अर्थतन्त्रलाई थप विग्रन नदिन आवश्यक तयारी गरिरहेको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले घटाउने, सावजनिक विदा एक दिन थप गर्ने, रेमिट्यान्स पठाउने नेपालीलाई पुरस्कृत गर्ने भएको छ । यसका लागि मन्त्रिपरषदमा प्रस्ताव गइसकेको पनि शर्माले बताए ।

अर्थमन्त्री शर्माका अनुसार रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन श्रमिक कोष खोल्ने, प्राथमिक शेयर निष्कासन (आइपीओमा) कोटा दिने, हेजिङ सुविधा दिने, आयात नियन्त्रणको उपायहरू अबलम्बन गर्दै जाने तयारीमा पनि सरकार छ ।

विदेशी पर्यटकलाई भिसामा सहुलियत दिने, हुण्डीबाट हुने कारोवारलाई नियन्त्रण लिनेसहितको तयारी भइरहेकोले पनि अर्थतन्त्र विग्रन नदिने र सुधारका उपाय अवलम्बन गर्न सकिन अर्थमन्त्री शर्माको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार