23.1 C
Kathmandu

पल शाहलाई सात दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ /जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह पुर्णर्विक्रम शाह विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्‍याएको थियो । घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’

यसैवीच पल शाहविरुद्ध नवलपरासीको गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता भएको छ । अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।

गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार