23.1 C
Kathmandu

वायुसेवा निगमले पायो साउदी अरेविया उडानको अनुमति, दुई महिनामै रियाद उडान शुरु गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेवियाको ३ वटा सहरमा उडान अनुमति पाएको छ । निगमले साउदी अरेवियाको रियाद, दमाम र जेद्दामा उडान गर्ने गरी अनुमति पाएको निगमले जानकारी दिएको छ ।

उडान अनुमति पाएसँगै आगामी २ महिना भित्रमै निगमले काठमाडौं–रियादमा दुइतर्फी उडान गर्ने भएको छ । निगमले अप्रिल २०२२ बाटै रियाद सेक्टरमा उडान गर्ने नेवानिका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन ।

आइतबार साउदीको जनरल अथोरिटि अफ सिभिल एभिएसनको कार्यालयमा भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको पदाधिकारीसँगको भेटपछि साउदीले निगमलाई उडान अनुमति दिएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार