29.1 C
Kathmandu

त्रिशुलीमा १५ सयमै जिपलाइन सरर, रिभर फन बिच रिसोर्टको प्याकेजसहितको अफर

काठमाडौं । त्रिशुलीमा १५ सयमै जिपलाइन सरर जान पाइने भएको छ । रिभर फन बिच रिसोर्टले प्याकेजसहितको अफर ल्याएर जिपलाइनको पनि सेवा दिने भएको छ ।

रिभर फन बिच रिसोर्टले त्रिशुली नदीमा साढे पाँच सय मिटरको जिपलाइन निर्माण गरेको छ । जिपलाइन तयार भएर सफल परिक्षण भएको पनि रिसोर्टले जानकारी दिएको छ । रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी बनाएको उक्त जिपलाइनको सफल परीक्षण भएको रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए ।
बाह्र बर्ष देखि सञ्चालनमा रहेको यो रिसोर्टले ग्राहकको सुविधा र आकर्षणका लागि जिपलाइन सञ्चालन गरेको उनले बताए । अधिकारीका अनुसार ५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्छ । जसका कारण यो जिपलाइन सहासिक र रोमान्चक हुने अधिकारीले बताए ।

नदि माथीको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना जिपलाइन भएको पनि रिसोर्टका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

परीक्षण उडान सफल भएकोले अब केही हप्ता भित्रै आवश्यक प्रक्रिया पूरा गरि ब्यवसायिक बुकिङ लिइने रिसोर्टले जानकारी दिएको छ । जिपलाइन खेल्न प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँ र फोटो भिडियोको थप ५ सय रुपैयाँ लाग्ने उल्लेख छ । फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफिमा सक्रिय कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने गरी बनाइएको छ ।

यस रिसोर्टले ९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भैरहेको परियोजना डिजाइनर सिभिल इन्जिनियर मुकेश अधिकारी ले बताए । यो रिसोर्टले मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क समेत निर्माण गरिरहेको छ ।

जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सन्चालन हुने उल्लेख । रिसोर्टमा आउने ग्राहकलाई प्याकेजमा नै सेवा दिन सकिने उल्लेख छ । रिसोर्टले कफि बार, कक्टेल, मक्टेल, क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालन गर्ने छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्कसहितका योजना सम्पन्न गर्न करिब ७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरु समेत थप भैरहेको पनि उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार