23.1 C
Kathmandu

वाइवाई चाउचाउले नेपाल र भारत दुबै देशमा एकैपटक आइपीओ जारी गर्ने

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाइवाइ चाउचाउले नेपाल र भारतमा एकैपटक साधारण सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

चौधरीको कम्पनीले सन् २०२६ भित्र नेपाल र भारत दुवै देशमा आईपीओ निष्काशनको तयारी गरिरहेको हो । सीजी फुड्स इन्डियाले वाइवाइको आईपीओ निष्काशनको तयारी गरिरहेको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले नेपाल र भातरमा एकै साथ आईपीओ ल्याउने योजनासहित काम अघि बढाइरहेको बताए ।

डलर अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ उत्पादन गर्ने कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने तयारीमा लागेको छ । चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय सेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो ।

गुडगावमा आधारित कम्पनीले भारतीय बजारका लागि वाइवाइ उत्पादन गर्छ । वाइवाइले भारतमा नेस्ले लिमिटेडको माग्गी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकारमा कम्पनी पुग्ने यस अघि नै बताइसकेका छन् ।

वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी रहेको सीजी फुड्स इन्डियाको चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा रहेको उल्लेख छ । आईपीओ जारी गर्ने विषय अहिले सुरुवाती चरणमा रहेको शुक्लाले बताएका छन् । उनका अनुसार यस वर्ष १५ प्रतिशत आम्दानी बढाउने लक्ष्य कम्पनीको छ ।

भारतमा पछिल्लो समय प्याकेजिङ गरिएका खाद्य सामग्री उत्पादन गर्ने कम्पनीहरुले आईपीओ जारी गर्ने क्रम चलेको छ । सीजीले अन्य साना प्रतिस्पर्धी कम्पनी खरिद गर्दै आईपीओ जारी गर्नेतर्फ अघि बढ्ने बताइएको छ ।

सन् १९८५ देखि नेपालमा उत्पादन सुरु भएको वाइवाइ चाउचाउको बजार हिस्सा भारतमा तेस्रो स्थानमा छ । भारतमा सीजी फुड्स इन्डियाका सातवटा प्लान्ट छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार