23.1 C
Kathmandu

चरम आर्थिक संकटमा सिम्रिक एयर, ४६ लाख तिर्न नसक्दा उडानै बन्द

काठमाडाैं । निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयर चरम आर्थिक संकटमा फसेर दायित्व भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेकोले यसको उडानै बन्द भएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणलाई मात्रै ४६ लाख रुपैयाँ बक्यौता नतिरेको र अन्य दायित्वको बोझ समेत धेरै हुँदा यसबाट उडान सुरक्षामा असर पर्ने देखेर उडानमै प्रतिवन्ध लगाइदिएको छ ।

प्राधिकरणको विहीवार बसेको सञ्चालक समितिको बैठकले बक्यौता बाँकी भएका सबै वायुसेवाको उडानमा रोक लगाउदै जाने निर्णय गरेको छ । जसको फलस्वरुप सबैभन्दा बढी दायित्व भएको सिम्रिक एयर पहिलो निसानामा परेको हो ।

यो वायुसेवाले शुक्रबार (साउन २५ देखि)नै उडान गर्न नपाउने भएको छ । जबसम्म यो वायुसेवाले दायित्व भुक्तानी गरेर उडान सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिवद्धता देखाउँदैन तबसम्म उडान गर्न नपाउने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

निरौलाका अनुसार पटक पटक ताकेता गर्दा पनि बक्यौता तिर्न वेवास्था गरेका कारण उडामै रोक लगाउने निर्णय गर्नुपरेको बताए । उनले भने ‘विहीबार प्राधिकरणले निर्णय गरेको छ । अब सम्बन्धित वायुसेवलाई पत्र मार्फत जानकारी गराएर शुक्रवार देखि नै उडानमा रोक लगाउने निर्णय भएको हो ।’

सिम्रिकले ४६ लाख रुपैयाँ तिरेको छैन । याे वायुसेवाकाे बक्याैता बढी भएकाे, बैंक तथा वित्तीय संस्थामा दायित्व बढी भएकोसहित कारण उडान सुरक्षामा लापरवाही गरेको पाइएकोले उडानमा राेक लगाइएकाे हाे ।

आन्तरिक वायुसेवामा सबैभन्दा बढी बक्यौता राख्नेमा सिम्रिक एयरलाइन्स रहेको छ । यो वायुसेवाले ४६ लाख रुपैयाँ तिरेको छैन । प्राधिकरणका अनुसार सबैभन्दा बढी पैसा बक्यौता भएको, बैंक तथा वित्तीय संस्थामा दायित्व बढी भएको यो वायुसेवाले उडान सुरक्षामा लापरवाही गरेको पाइएकोले यसको उडान भने शुक्रबारबाटै रोकिने भएको छ ।

यो वायुेवाको दायित्व बढी हुँदा यसले उडान सुरक्षामा पार्नसक्ने गम्भिर असरलाई दृष्टिगत गरेर उडानमा रोक लगाएको प्राधिरकणले बताएको छ । अन्य वायुसेवाको हकमा पनि उडान रोक लगाउँदै जाने निर्णय भएको प्राधिरकणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बक्यौता बाँकी राख्नेमा सौर्य, समिट, यतीसहितका वायुसेवा छ । आन्तरिक उडानका हेलिकप्टर तथा फिक्स विंङग्सका वायुसेवाले प्राधिरकणलाई तिर्नुपर्ने बक्यौता नतिरेका कारण पनि प्राधिकरणले बाध्य भएर कडा निर्णय लिनुपरेको पनि निरौलाले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार