23.1 C
Kathmandu

टिकटमा कर लगाउने सरकारको निर्णय विरुद्ध ट्राभल व्यवसायी अदालत पुगे, भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । हवाई भाडामा कर लगाउने सरकारको निर्णय विरुद्ध ट्राभल व्यवसायी कानूनी उपचारमा गएका छन् । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विहीबार सर्वोच्च अदालमा रिट दायर गरेका छन ।

नाट्टाले पूर्व अध्यक्ष परिषद्, पूर्व सदस्यहरु, कानून व्यवसायी, कर परामर्शदातासहितको सल्लाह अनुसार कानूनी उपचारमा जाने निर्णय गरेको बताएका छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले सरकारले अन्तर्राष्ट्रिय उडानका वायुसेवाका टिकटमा भ्याट लगाउने निर्णय विना अध्ययन गरेको र उक्त निर्णय कार्यान्वयनमासमेत समस्या भएकोले खारेजीको माग गर्दै अदालत जानुपरेको बताए ।

नाट्टाले विभिन्न निकायसँग पटक पटक छलफल गर्दा पनि समन्वय नभएको र सुनुवाइ नभएपनि बाध्य भएर भ्याट खारेजीको विषयमा अदालत जानुपरेको स्पष्ट पारेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार