29.1 C
Kathmandu

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट, घरजग्गा र शेयर बजारमैत्री नीति आएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिले निकै सुस्ताएको आन्तरिक अर्थतन्त्रलाई राहत दिने गरी आउने अपेक्षा गरिएको भएपनि सो अनुसार नभएको निजी क्षेत्रले बताएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजारको आवश्यकत र निजी क्षेत्रको अपेक्षा दुबै सम्बोधन नगरी मौद्रिक नीति आएको बताएका छन ।

मौद्रिक नीति सार्वजनिकपछि पत्रकासँग प्रतिकृया दिने क्रममा अग्रवालले भने, मौद्रिक नीति त आयो । यसले न ब्याजदर घटाउन सक्छ न त व्यवसायीको अपेक्षा अनुसार आएको छ ।

मौद्रिक नीति केवल ल्याउनका लागि मात्रै ल्याइएको जस्तो भएको निजी क्षेत्रको भनाइ छ ।

शेयर बजार, घरजग्गा चलायमान, अटो क्षेत्रलाई राहतसहित केही काम नगरेको निजी क्षेत्रको आरोप छ । सरकारले यो वर्ष पनि कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिएको बुझाई निजी क्षेत्रको छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि शेयर बजारमा केही पनि नहुने नीति आएको गुनासो गर्छिन् । उनले भनिन्, ४, १२ को सीमा कायमै राखेर आएको मौद्रिक नीति, शेयर धितोले ऋण लिन जोखिम औसत भार घटाएर आएन । यो मौद्रिक नीति निजी क्षेत्र मैत्री नभएको प्रतिकृया उनले दिएकी छन् ।

पोखरेलले भनिन्, ‘शेयर बजारले अपेक्षा गरेअनुसार मौद्रिक नीति नआएपनि केही राहत दिने गरी थोरै लकचता भने देखाइएको जस्तो भएपनि यसअघि सधैं मौद्रिक नीति आएपछि बजार बिग्रिने डर देखिएको छ ।

पहिलेको तुलनामा थप कडा नभएकाले सकारात्मक नै मान्नुपर्ने हुन सक्छ । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने अनुमान गरिए पनि त्यस विषयमा केही उल्लेख गरिएको छैन ।निजी क्षेत्रले यो मौद्रिक नीति घरजग्गा र शेयरबजार मैत्री नभएको प्रतिकृया दिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार