26.1 C
Kathmandu

देशकै ठूलो बन्यो ग्लोबल आइएमई बैंक,  ३५ अर्ब चुक्ता पुजी सहित ५७ अर्बको बैंक बन्यो

काठमाडौ । ग्लोबल आइएमई देशकै ठूलो बैंक बनेको छ । ग्लोबल आइएमएई बैंक आजबाट  ३५ खर्ब चुक्ता पुजी सहित ५७ अर्बको बैंक बनेको छ ।

यसमा अफ काठमाण्डु (बिओके) आजबाट ग्लोबल आइएमएई बैंकम बिलय भएको छ । आजबाट दुई बैंक  मर्ज भएर ग्लोबल आइएमई बैंकको रूपमा एकीकृत करोबार शुरु गरेको छ ।

मर्जर पश्चात् बैंकको कुल सम्पती ५ खर्ब ५ अर्ब, कूल पुँजी  ५७ अर्ब, चुक्ता पूँजी ३५ खर्ब ७७ अर्ब, कूल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा ३ खर्ब  ७७ अर्ब पुगेको छ । यसको कुल ग्राहक संख्या ४० लाख पुगेको छ ।

मर्जर पछि बन्ने नयाँ बैंक कूल पुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छ्न । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य भएका छ्न ।
यो बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएको छ ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरुसहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक भएको पनि ढकलले बताए ।

यो बैंकको बजार हिस्सा नै करिब १० प्रतिशत पुगेको पनि ढकालले बताए ।

खाडीमा रहेका नेपालीको रकम घर घर पुर्याएको र त्यसैको आशीर्वादले आज देशकै ठूलो बैंक बन्न सकेको पनि ढकालले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार