26.1 C
Kathmandu

आयात प्रतिबन्धको तेस्रो समयसीमा सकिदै, २ दिनपछि खुल्ला गाडी आयात ?

काठमाडौं । आयात प्रतिबन्धको तेस्रो समयसीमा दुई दिन पछि सकिदै छ । आयात प्रतिवन्धको सबैभन्दा ठूलो मार गाडी विक्रेतालाई परिरहेको छ । यातायात व्यवसायीले भने आयात प्रतिवन्ध फुकुवा गर्न माग गरेका छन् । उनीहरुले प्रतिबन्धले अर्थतन्त्रमा योगदान गर्न नसकेको भन्दै आयात खुला गर्न माग गरिरहेका छन् ।

सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको चार प्रकारका विलासी वस्तुको प्रतिबन्ध समय शुक्रबारसम्मको लागि मात्रै हो ।

विदेशी मदिरा, स्मार्ट फोेन, महँगा चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध खुल्ने वा थप लम्बिनेबारे सरकारी निर्णय नहुँदै व्यवसायीले भने प्रतिबन्ध फुकुवाका लागि दबाव बढाइरहेका छन् । तर, सरकारी निकाय भने यसबारे औपचारिक छलफलमा समेत जुटेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार आयात प्रतिबन्ध फुकुवा हुने वा नहुनेबारे मंगलबार बिहानसम्म कुनै छलफल भएको छैन । विदेशी मुद्रा सञ्चितिमा दबाव कायमै छ वा छैन भन्नेबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट कुनै जानकारी नआएका कारण मन्त्रालय समेत अन्योलमा परेको एक अधिकारीले बताए ।

मन्त्रीहरुलाई चुनावी चटारोले छोपेको र दशैं बिदा भर्खरै सकिएका कारण पनि यसबारे छलफल हुनै बाँकी रहेको ती अधिकारीको भनाइ छ ।

‘शुक्रबार प्रतिबन्धको समय गुज्रिंदैछ तर जे कारण प्रतिबन्ध लगाएको हो, सो अवस्था सुध्रिएको हो वा होइन भन्नेबारे हामीलाई अर्थ र राष्ट्र बैंकले कुनै जानकारी गराएका छैनन्,’ ती अधिकारी भन्छन्, ‘दशैं बिदा भर्खरै सकिएको छ । हालसम्म यस विषयमा कुनै छलफल समेत भएको छैन ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार