24.1 C
Kathmandu

चलनचल्तीमा ६ खर्बका नोट, सर्वसाधारणको हातमा पुगेर एक वर्षमै फर्कियो १ खर्ब १४ अर्ब

काठमाडौं । हाल चलनचल्तीमा करिब ६ खर्ब (५ खर्ब ९९ अर्ब) रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको साउनसम्मको विवरण अनुसार पछिल्लो एक वर्षमै एक खर्ब १४ अर्ब ३३ लाख रुपैयाँ बराबरका नेपाली नोट सर्वसाधारणको हातबाट बैकहरुमा फर्किएका छन्।

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थासँग भएको पैसा झिकेर सहकारीले आफ्ना बचतकर्ताहरुलाई फिर्ता गरिरहेको बताइरहँदा साउनमा मात्रै १६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ बराबरका नोट प्रणालीमा फर्किएका छन्।

अहिले बजारमा ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबरका नेपाली नोट चलनचल्तिमा छन्। गत असारसम्म ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ बराबरका नेपाली रुपैयाँ चलनचल्तिमा थिए।

अहिले बजारमा ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबरका नेपाली नोट चलनचल्तिमा छन्। बैंक तथा वित्तीय संस्थसँग भएको पैसालाई चलनचल्तिमा गणना गरिँदैन। बैंक तथा वित्तीय संस्थाबाहेक सर्वसाधारणको हातमा, सहकारी संस्थामा, अन्य निजी तथा सरकारी संस्थानमा रहेका पैसालाई चलनचल्तिमा भनेर गणना गरिन्छ।

गत असारसम्म ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ बराबरका नेपाली रुपैयाँ चलनचल्तिमा थिए। साउनमा आउँदा १६ अर्ब ३७ करोड ३५ लाखले घटेको हो। गत बैशाखसँग तुलना गर्ने हो भने ३५ अर्ब ९३ करोड १९ लाख रुपैयाँ फिर्ता आइसकेको छ।

अझ पोहोर यतिबेला अर्थात साउन मसान्तसँग तुलना गर्ने हो भने ५७ अर्ब २९ करोड ३८ लाख रुपैयाँ फिर्ता आइसकेको छ। पोहोर दसैंतिहारताका अर्थात असोजमा सर्वाधिक नोट प्रणालीबाट चलनचल्तिमा गएको थियो। त्यो बेला ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बाहिरिएको थियो। त्यसयता एक खर्ब १४ अर्ब रुपैयाँ नोट फिर्ता आइसकेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार