29.1 C
Kathmandu

सहुलियत व्याजमा बाढेको पैसा वार्षिक साढे २ खर्बको

काठमाडौं । सहुलियत व्याजमा बाढेको पैसा वार्षिक साढे २ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।

असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय संस्थाले १० शीर्षकमा १ लाख ४७ हजार ३९३ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत गरेका हुन् ।

राष्ट्र बैंकका अनु्सार अझै २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी छ । स्वीकृत भएको कर्जामध्ये सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकको २ खर्ब २६ अर्ब ८१ करोड ९० लाख ६० हजार रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकबाट स्वीकृत हुन बाँकी कर्जा १ खर्ब ८६ अर्ब २२ करोड ९६ लाख २ हजार रुपैयाँ रहेको छ । विकास बैंकबाट २९ अर्ब ४३ करोड १ लाख ६३ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा २४ अर्ब ७२ करोड ८१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार