24.1 C
Kathmandu

आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा बढ्यो, आयात घट्दासमेत घाटा किन ?

काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा बढेको छ । आयात घट्दासमेत घाटा भने बढि नै रहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात १३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा आयात १२.९० प्रतिशतले घटेको छ ।

नेपालले साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।

साउन महिनामा १३ प्रतिशतले आयात घट्दा निर्यातसमेत २८.६८ प्रतिशतले घटेको छ । गत वर्षको साउन महिनामा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्षको तुलनामा यो वर्ष व्यापारघाटा पनि कम भएको छ । साउन महिनामा नेपालले १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

सो अवधिमा नेपालले १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

साउनमा सरकारले आयातित वस्तुबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ राजस्व महसुल संकलन गरेको छ । साउन महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ । साउन महिनमा मात्रै नेपालले ८ अर्ब ९८ करोड ९ लाख रुपैयाँको डिजेल आयात गरेको छ ।

६ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको पेट्रोल, ६ अर्ब १९ लाख रुपैयाँको कच्चा भटमासको तेल, ५ अर्ब २७ करोड ८० लाख रुपैयाँको एलपीजी ग्यास र ४ अर्ब १६ करोड ३६ लाख रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ ।

नेपालले सोही अवधिमा १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको भटमासको तेल, १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँको पामोलिन तेल, २ अर्ब ७२ करोड ५० लाख रुपैयाँको पाम तेल, १ अर्ब १ करोड ७६ लाख रुपैयाँको कार्पेट, ९२ करोड २१ लाख रुपैयाँको फेल्ट र ६२ करोड १ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार