26.1 C
Kathmandu

वाणिज्य बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह ठप्प, १७ दिनमा ९ अर्ब ऋण उठ्यो

काठमाडौ । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ । असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ ।
नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्षका वाणिज्य बैैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रुपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ ।
असार लागेपछि बैंकहरूमा निक्षेप लगातार बढीरहेको छ । जेठ ३१ को तुलनामा असार ३ मा ४३ खर्ब ९४ अर्ब, १० असारमा ४३ खर्ब ९८ अर्ब र १७ असारमा ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार