23.1 C
Kathmandu

मर्जरलाई जोडी खोज्ने बैंकको दौडमा सिभिल र सेन्चुरी, एक अर्काले मर्जरमा चर्को बार्गेनिङ

काठमाडौं । मर्जरलाई जोडी खोज्ने बैंकको दौडमा सिभिल र सेन्चुरी पनि छन् । एक अर्काले मर्जरमा चर्को बार्गेनिङ गरेर मर्जरमा जान लागेका सिभिल बैंकसँग मर्जरमा जान चारवटा बैंकले प्रस्ताव गरिसकेका छन्।

पछिल्लो समय सिभिलसँग हिमालयन बैंकको मर्जरको प्रस्ताव अघि बढाइरहेको छ। सिटिजन्स बैंकलेसेमत सिभिलसँगै मर्जरका लागि गम्भीर ढंगले प्रस्ताव गरेको छ। यस विषयमा कुराकानी अघि बढिरहेको दुवै बैंकसँग सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन्।

सिभिल बैंकका अनुसार मर्जरका लागि विभिन्न बैंकसँग छलफल चलिरहे पनि पहिलो प्राथमिकता हिमालयन हो। हिमालयन बैंकसँग विषय नमिलेको अवस्थामा भने अन्य बैंकसँग पनि मर्जरमा जाने तर सम्मानजनक अवस्थामा हुनुपर्ने सिभिल बैंकको भनाइ छ ।

सिटिजन्स बैंकका अनुसार मर्जरका लागि सिभिलसँग छलफल भएको सत्य हो। ‘अहिले नै यो बैंकसँग मर्जरमा जाँदै छौँ भन्दा त्यसलाई भाँड्न लाग्ने हुन्छन्,’ त्यसैल अरु बैंकसँग बार्गेनिङ गर्ने अवस्था पनि राखेर छलफल भने गरिरहेको छ ।

स्रोतका अनुसार सिभिल र सिटिजन्स बैंक १ः१ को अनुपातमा मर्जरको तयारी गरिरहेका छन्। सम्भवतः आउँदो साता नै दुई बैंकबीच मर्जरमा ब्रेक थ्रु हुने सम्भावना छ। यद्यपि, हिमालयन र सिभिलबीच डिडिए मूल्यांकनपछि मात्रै स्वाप रेसियोको टुंगो लगाउने सहमति भएको छ। यही बिचमा सिटिजन्सको प्रस्तावमा पनि छलफल चलेको हो। यता सिभिल बैंकले हिमालयन बैंकसँग १००ः९० को अनुपातभन्दा तल मर्जरमा जाने नसक्ने बताइरहेको छ।

आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन गर्दै छुट तथा विभिन्न सुविधाको घोषणा गरेको थियो। यस्तो सुविधा चालु आर्थिक वर्षको अन्त्यसम्म मात्रै लागु हुने राष्ट्र बैंकले जनाइसकेको छ। राष्ट्र बैंकले दिएको सुविधा लिनकै लागि बैंकहरूले असार मसान्तभित्रै मर्जरका लागि प्रारम्भिक सम्झौता गर्दै राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। राष्ट्र बैंकले मर्जरमा नजाने बैंकमाथि थप कडाइसमेत गर्ने भएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार