26.1 C
Kathmandu

५ वर्षमा ४ किमि सडक बनाउन नसक्ने यस्ता पनि निर्माण कम्पनी, कडा कारवाहीमा पर्दैै

काठमाडौं । ५ वर्षमा ४ किमि सडक बनाउन नसक्ने पनि निर्माण कम्पनी छन् । यसले वर्षमा ८ सय मिटर सडक पनि नबनाएकोले कावाहीमा पर्दैै छ । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ।

डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि १९ करोडको लागतमा ठेक्का गरेको थियो। पहिलोपटक १८ महिना समय दिए पनि भण्डाररथोडुङरवल्र्डवाइडरमहालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले जानकारी दिए।

ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ। दुई हजार २०० मिटर सडकमा अझै भएको छैन। सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरेका थिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार