26.1 C
Kathmandu

आन्तरिक उडान बन्द नहुने, बुधबारको सबै उडान तालिका नियमित

काठमाडौ । वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवादका विषयमा वार्ता शुरु भएपछि भोलि (बुधबार)का सबै आन्तरिक उडान नियमित हुने भएको छ । भोलिको उडान सुचारु गर्ने विषयमा वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच मंगलवार मध्यरातमा सहमति भएको छ ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता शुरु भएसँगै उडान नियमित गर्ने सहमति भएको हो ।

मंगलबार राती सवा ११ बजे सकिएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज मागका विषयमा सकारात्मक रहेको प्रतिकृया दिएपछि उडान नियमित गर्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार