23.1 C
Kathmandu

नेवानिमा महाप्रवन्धक हटाउन प्रेम आलेलाई साढे ७ महिना लाग्यो, आलेका मान्छेले पनि निगम सुधारेनन्

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक डिमप्रसाद पौडेल (प्रकास)लाई हटाउन पर्यटन मन्त्री प्रेम आलेलाई करिब साढे सात महिना लागेको छ । आलेले विवादित व्यक्ति युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गरेर पौडेललाई हटाउन खोजेका थिए ।

पौडेलले हट्न नमानेपछि आलेले उनलाई पर्यटन मन्त्रालयमा हवाई विज्ञको रुपमा काम गर्न र हाजिर मन्त्रालयमै गर्न पनि लगाएका थिए ।

निगममा जानै नपाउने र भूमिका बिहिन बनाउदा समेत पौडेल भने निगम सुधारकै पक्षमा उभिए भने उनले  राजीनामा नदिएपछि आलेलाई तनाव भएको थियो । सीधै हटाउदा अदालत जाने डरले आलेले पौडेललाई साढे ७ महिना भूमिका विहिन बनाएर राखेका थिए ।

उनलाई राजीनामा दिन आलेले पटक पटक दबाव दिएका थिए तर राजीनामा नदिइ काम गर्ने भनेर बसिरहेपछि महाप्रवन्धक पौडेललाई मन्त्रिपरिषदबाटै निर्णय गराएर वर्खास्त गर्न आले सफल भएका छन् ।

पौडेल भने निगम सुधारकै लागि प्रतिवद्ध थिए । निगम सुधारको प्रयास गर्दा उल्टै कर्मचारीबाट सहयोग नपाएका कारण निगम लामो समय अर्निणको बन्दी भयो । त्यसको सिकार मन्त्रीले उल्टै पौडेललाई बनाउन खोजे ।

मन्त्रिपरिषदको बैठकले कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएपछि भूमिका विहिन बनाएर राखेको पौडेललाई साढे ७ महिनापछि वर्खास्त गरेको हो ।

पौडेल कार्यकारी भूमिकामा नभएपनि पर्यटन मन्त्रालयमा हाजिर हुने र निगमको सञ्चालक समिति बैठकमा भने जान पाउने अधिकार थियो । पछिल्लो समय कर्मचारी आन्दोलनपछि पौडेललाई बोर्ड बैठकमा पनि प्रवेश दिइएको थिएन् । सरकारले २२ असोज २०७७ मा पौडेललाई निगमको महाप्रवन्धक पदमा नियुक्त गरेको थियो ।

सरकारले ८ कात्तिक २०७८ मा निगनमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको थियो । पौडेललाई पूर्व मन्त्री योगेश भट्टराईले नियुक्त गरेका थिए भने अधिकारीलाई पर्यटन मन्त्री प्रेम आलेले नियुक्त गरेका थिए ।

पौडललाई हटाएर आलेले निगमकै पूर्व कर्मचारी युवराज अधिकारीलाई नियुक्त गरे । अधिकारी आउनसाथ आलेले चिनियाँ जहाज उडाएर कमिसन खाने दाउ खोजेका थिए । त्यो प्रयास सफल भएन। त्यसपछि निगमलाई थप आन्तरिक र अन्तर्राष्टिय उडानमा जहाज थप गर्न १५ अर्ब रुपैयाँ माग गरेका थिए ।

उनले पहिले आन्तरिक उडानको जहाज थप गर्ने योजना बनाउँदा पनि अर्थ मन्त्रालयले पत्याएन । आलेले निगमको सुधार गर्न योग्य र क्षमतावान पौडललाई हटाएर विवादस्पद अधिकारीलाई नियुक्त गरेका थिए ।

अधिकारी आफ्नै कर्मचारीलाई यौन दूराचार गरेको आरोपमा विवादमा परेका व्यक्ति हुन । उनी आएपछि पनि निगमको ऋणमा घटेको छैन ।

करिब ५० अर्ब पुगिसकेको निगमको ऋण कारण निमगको संचित घाटा पनि ३७ अर्ब रुपैयाँ पुगिसकेको छ । आलेले छानेर ल्याएको अधिकारीले पनि काम गर्न नसकेको र निगम भने सुध्रिएको छैन् ।

महाप्रवन्धक पौडेलले पूरा गर्न नपाएका १२ प्रतिवद्धता
महाप्रवन्धक पौडेले आफूले पूरा गर्न नपाएका १२ प्रतिवद्धताको स्मरण गरेका छन् । पौडेलले सामाजिक सञ्जालमा आफूले निगम सुधार गर्न चाहेको तर काम गर्न नपाएको विषयलाई बुँदागत रुपमा उल्लेख गरेका छन् ।

पौडेललाई एमाले सरकारले नियुक्त गरेको थियो । उनले नेकपा एमालेकै पालामा यो सब योजनाले मूर्त रुप लिंदै गरेको भएपनि नयां सरकारसँगै नयां मन्त्री आएपछि पुरानो भिजन र भिजन मेकर हटाइदिएको गुनासो गरेका छन् ।

१. निगम अहिलेको तरिका र मनस्थितीले चल्दै चल्दैन, सुध्रौ़ र सुधारौं ।
२. नेपाल सरकारको बहुमत (५१ प्रतिशत) कायम राखेर कम्पनी मोडलमा जांउ
३. ३० प्रतिशत शेयर विदेशी लगानीकर्तालाई दिंउ
४. ५ प्रतिशत शेयर कर्मचारीलाई दिंउ
५. १४ प्रतिशत आइपीओ निकालेर सर्वसाधारण लाई दिंउ
६. सन्चालक समितिमा लगानी नगरेका एकजना पनि नराखौं (राजनैतिक नियुक्ति नगरौं)
७. प्रमुख कार्यकारीको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गरौं ट्रेड युनियनहरुलाई आफ्ना हकहित र अधिकारको कुरा गर्नमा फोकस गराउं।
८. अहिलेको ९.७५ प्रतिशतको ऋणलाई विदेशी बैंकहरुबाट ३ प्रतिशत भन्दा कममा ल्याउं।
९. आन्तरिक उडानमा निजि क्षेत्रको एकाधिकार रोक्न कम्तिमा ४ वटा एटीआर र ४ वटा नयाँ ट्विनअट्टर र ४ वटा न्यारोबडी बिमान ल्यांउ। अष्ट्रेलिया र कोरिया जस्ता देशहरुमा तत्त्काल उडान सुरु गरौं।
१०. अनलाईन टिकटिङ तत्काल सुरु गरौं । टिकटमा कार्टेलिङ र सिन्डिकेट अन्त्य गरौं।
११. निगमलाई स्वतन्त्र ब्यावसायिक र प्रतिश्पर्धात्मक संस्थाको रुपमा विकाश गरौं।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार