काठमाडौ । हवाई इन्धनमा २० रुपैयाँ घट्दा हवाई भाडा ८८५ रुपैयाँले घट्यो, कुन गन्तव्यमा जान कति (सूचीसहित
हवाई इन्धको मूल्य घटेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा पनि घटाएका छन् ।
नेपाल आयल निगमले सोमवारबाट लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँसम्मले घटाएका कारण आन्तरिक वायुसेवा कम्पनीहरूले पनि विभिन्न गन्तव्यमा १८० देखि ८८५ रुपैयाँसम्मले हवाई भाडा घटाएका छन् ।
वायुसेवा कम्पनीले इन्धनको मूल्य घटेपछि इन्धनमा पर्ने लागत घटाउन हवाई भाडा घटेको हो ।
यस्तो हवाई भाडा सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि १८० रुपैयाँले घटेको छ भने सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि ८८५ रुपैयाँले घटेको छ ।
यस्तो छ नया हवाई भाडाको सुची