29.1 C
Kathmandu

मर्जरमा जाने बैंक तथा बीमाको कारोबार रोक्का समय घट्ने भयो, लगानीकर्तालाई फाइदा

काठमाडौं । मर्जरमा जाने बैंक तथा बीमाको कारोबार रोक्का समय घटाउन धितोपत्र बोर्डले गृहकार्य थालेको छ । लगानीकर्तालाई सहज हुने गरी बोर्डले नियमाली बनाउने भएको छ ।

केन्द्रीय बैंकले मर्जरमा जाने संस्थाको शेयर कारोबार रोक्का समय घटाउने गरी मौद्रिक ल्याएको थियो । सोही नीतिलाई कार्यान्वयन गर्दै धितोपत्र बोर्डले पनि मर्जर तथा प्राप्तिमा जाने सूचीकृत संस्थाको सेयर कारोबार रोक्का रहने सम्बन्धमा निर्देशिका जारी गरेरै नयाँ व्यवस्था गर्ने भएको छ ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले साउन १२ गते चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा १० दिनमा निर्देशिका ल्याउने र २० दिनमा कार्यान्वयनमा जाने घोषणा गरेका थिए । त्यही अनुसार नै निर्देशिका निर्माण भइरहेको बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।

केसीका अनुसार कर्मचारीले निर्देशिका अध्यक्षले भनेको समयमा नै जारी गर्ने गरी तयार पारिरहेका छन् । अध्यक्षको भनाइ अनुसार हो भने साउन २२ गतेसम्म निर्देशिका जारी गरिसक्नुपर्नेछ ।

निर्देशिकामा मर्जर तथा प्राप्तिमा जाने कम्पनीको रोक्का हुने सेयर कारोबारको अवधी घटाउने विषयलाई प्राथमिकताका साथ राखिएको छ । अहिले यसको कुनै व्यवस्था छैन । जारी हुने निर्देशिकामा कति समय राख्ने भन्ने विषय टुंगो लागि नसकेको प्रवक्ता केसीको भनाइ छ ।

निर्देशिकामा लगानीकर्ताले पाउने सूचनाको विषयमा पनि छलफल भइरहेको छ । मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार लामो समय बन्द भएपछि लगानीकर्ताले नै यो व्यवस्था हटाउन माग गर्दै आएका छन् ।

निर्देशिका निर्माणका क्रममा कुनै पनि संस्था मर्जर वा प्राप्तिमा जानको लागि प्रारम्भिक सहमति गरेको कति समयसम्म सेयर कारोबार रोक्का राख्ने, कति समयभित्र एकीकृत कारोबार हुनुपर्ने भन्ने विषय पनि छलफल भएको छ । त्यस विषय पनि निर्देशिकामा समावेश हुने बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार