23.1 C
Kathmandu

मन्त्री प्रेम आलेलाइ मन्त्रीबाट हटाउन र चुनावमासमेत उठ्न नपाउने माग गर्दै रीट

काठमाडौं । संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल भाषामा गाली गरेको र यसले सामाजिक वितृष्णालाई प्रोत्साहन गरेको भन्दै मन्त्री आलेको अश्लिल अभिव्यक्तिले क्षति पुर्याएको दाबी गरिएको छ ।

यसअघि पनि अछाम घर भइ मुम्बई बस्ने जगत ओलीलाई पनि अश्लिल भाषामा गाली गरेको अडियो सार्वजनिक भएको भन्दै यो सामान्य विषय नभएको रिटमा भनिएको छ ।

साथै, रिटमा मन्त्री आलेले पटक पटक देखाएको यस्तो व्यवहारका कारणले पदमा बसिरहन योग्य नरहेको भन्दै मुद्दाको अन्तिम किनारा नहुञ्जेल काम नगर्नु र गर्न नदिने भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । निजको विगतदेखिकै राष्ट्रिय छविमा धुमल्लिएको अवस्था भएको भन्दै यसरी सामाजिक रुपमा निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा समेत प्रतिष्पर्धा गर्न समेत रोक लगाउने गरी निर्देशनात्मक आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार