29.1 C
Kathmandu

थोरै वाट क्षमताको गाडीको कर वृद्धि , ठूलाको भने कर घट्यो

काठमाडौं /सरकारले बजेट बक्तव्य मार्फत अहिले धेरै माग भएका र बढि विक्रि हुँर्द आइरहेका कार, जीप र भ्यान लगायतका सामान्य विद्युतीय गाडीमा कर वृद्धि गरेको छ ।

यो व्यवस्था पछि ५० किलोवाटसम्मको विद्युतीय गाडीमा पनि १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । यसभन्दा पहिले सरकारले १ सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल तोकिएको थियो । बजेट मार्फत ५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार दर बढाइएको छ । त्यसैगरी बजेटले १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था पनि गरेको छ ।

१ सय देखि २ सय किलोवाट क्षमतासम्मका सवारीमा यसअघि ३० भन्सार र ३० प्रतिशत अन्तशुल्क थियो त्यसलाई घटाएर २०र२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । त्यस्तै, २ सयदेखि ३ सय किलोवाटका विद्युतीय गाडीको भन्सार शुल्क ५ प्रतिशतले द्धटाएर ४० प्रतिशत तोकिएको छ । यसभन्दा पहिले ४५ प्रतिशत थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार