26.1 C
Kathmandu

आगामी आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत

काठमाडौँ / आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् ।

चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य तय गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार