29.1 C
Kathmandu

प्राइम लाइफले नियामकीयलाई टेरेन, कारबाही १० हजारको भएपनि छविमा ठूलो धक्का

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बिमा समितिले कारबाही गरेको छ । संस्थागत सुशासन सम्बन्धी पालना गर्नु पर्ने नियमहरु पालना नगरेको पाइएपछि कारबाही गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार कम्पनीलाई बिमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।

प्राइफ लाइफले संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गरे नगरेको विषयमा स्थलगत निरीक्षण गरेको थियो । कम्पनीले तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरीत नक्कली बिमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएको भन्दै कारबाही गर्नुपरेको कम्पनीले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार