29.1 C
Kathmandu

गार्डेन मार्टको १६ औं शाखा बाँकेमा खुल्यो

बाँके । देशमा विभिन्न सहरमा सेवा पुर्याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ शाखाको रुपमा खुलेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।

शनिबार एक कार्यक्रमकाबीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका हुन । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिलेको बताए ।

यस अगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडामा मार्ट सञ्चालनमा ल्याएको छ । बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराहीमा गार्डेन मार्टले सेवा दिइरहेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल लगायत खाद्यान्न पाइन्छ । यसमा सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् ।

यसका साथै महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छू्रट समेत पाउने उल्लेख छ ।

बाँकेको बैजनाथ गाउँपालिकाको रहेको चाँदनी चोक पछिल्ला केहि वर्षयता व्यवसायीक केन्द्रका रूपमा विकास भइरहको छ । त्यसैले पनि यो सहकारीले यहाँ गार्डेन माट सहित आफनो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार