24.1 C
Kathmandu

सवारी कर्जामा थप कडाइ गर्दै केन्द्रीय बैंकm अब औसत ब्याजदर साढे चार प्रतिशत भन्दा बढाउन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको लागि नयाँ निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकामा हायर पर्चेज कर्जा दिने कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन नपाउने व्यवस्था रहेको छ ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।

यसको लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहलाई देहायका अवस्थामा एउटै समुह मानिनेछ । कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु, कुनै व्यक्तिले एक्लै वा संयुक्तरुपमा अर्को कम्पनीको २५ प्रतिशत वा सो भन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरुका लागि केही शर्त भने तोकेको छ ।

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न पाउने छैन । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिंदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । यस बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा द्ध त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ । यसरी नेपाल राष्ट्र बैंकबाट भएको ब्याजदर सम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुनेछ ।

हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम छ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोवार शुरु गरिसक्नु पर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार