29.1 C
Kathmandu

काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे शुरु

काठमाडौँ /काठमाडौं–केरुङ रेलमार्ग निर्माणको संभव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोलीलेको फिल्ड सर्भे सुरु गरेको छ । चिनियाँ ४० जनाको प्राविधिक टोली सर्भेका लागि रसुवा पुगेका छन् । टोलिले स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीलगायत ठाउँको सर्भे गरिसकेको छ ।

२०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । प्राविधिक टोलीले काठमाडौं, नुवाकोट र रसुवा जिल्लामा फिल्ड सर्भे गर्ने छन् । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार नेतपाल र चीनीयाँ पक्षबीच भएको सहमतिअनुसार सर्भे गरिने छ ।

चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका प्राविधिकले रेल मार्ग बनाइने भनिएको स्थानको त्यहाँको भौगोलिक बनावटदेखि निर्माणमा लाग्ने कुल लागतका विषयमा अध्ययन गर्ने छ ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्नेछ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार