8.1 C
Kathmandu

आर्थिक बर्ष २०८१ /८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट प्रस्तुत (पूर्ण पाठ सहित)

काठमाडौ । सरकारले आज संघिय संसदमा आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

चालुतर्फ कुल विनियोजित रकमको ६१.३१ प्रतिशत अर्थात् रु. ११ खर्ब ४० अर्ब  ६६ करोड, पुँजीगततर्फ कुल विनियोजित रकमको १८.९७ प्रतिशत अर्थात् रु. तीन खर्ब ५२ अर्ब  ३५ करोड र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशतअर्थात् रु. ३ खर्ब ६७ अर्ब  २८ करोड  छ।

यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३०  करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

[embeddoc url=”https://nepaliartha.com/wp-content/uploads/2024/05/बजेट-आब-२०८१_८२.pdf” download=”all” viewer=”google”]

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार