29.1 C
Kathmandu

गभर्नर अधिकारी भन्छन् बैंकमाथिको अराजकता नरोकिए कर्जा प्रवाह बढ्दैन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान् समयमा बैंक, वित्तीय क्षेत्र माथिको भइरहेको अराजकता नरोकिएमा कर्जा प्रवाह बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो भनाइ राखेका हुन ।

अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरेको भन्दै सरकारले तत्काल यस्ता गतिविधि रोक्नु पर्ने बताए ।

अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि केन्द्रित भएको भन्दै उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी वित्तीय प्रणालीप्रति आक्रमण भइरहेको दावी गरे । उनले भने, कतै कतै बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ भन्ने सोच पनि देखिन्छ । सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानुनको परिधिभित्र ल्याउन सकेको अवस्थामा मात्रै कर्जा माग बढ्ने र त्यसले अर्थतन्त्र चलायमान हुने उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार