26.1 C
Kathmandu

एनसेल खरिद बिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिले दियो निर्देशन

काठमाडौँ । एनसेल खरिद–बिक्री प्रक्रियामा अनियमितता भएको भन्दै यसलाई रोक्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिलेसरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि निर्णयबारे जानकारी गराउँदै सभापति ऋषिकेश पोखरेलले एनसेलको अहिले चलिरहेको खरिद बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय भएको र यस सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिमा बोलाउने निर्णय भएको बताए ।

एनसेल खरिद–बिक्री प्रक्रिया र सेयर अंक अस्वाभाविक देखिएकोले करछली भएको आशंका छ । त्यसैले यसको छानबिन गर्नुपर्ने निष्कर्ष समितिको छ, सभापति पोखरेलले बताए ।

समितिको बैठकमा सांसदहरु अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्देनलगयातले बोलेका थिए । अधिकांश सांसदहरुले एनसेल खरिद–बिक्री प्रक्रियाको छानबिन गर्न माग गरेका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार