29.1 C
Kathmandu

नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री डा. प्रकाश शरण महतको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त रुपमा आयोजित ३७औँ सम्मेलनलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र सुधारोन्मुख रहेको र लगानीमैत्री वातावरण बन्दै गएकोले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अनुरोध गरेकाछन्।

डा. महतले नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुदै गएको तथा अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालको निजी क्षेत्रले पनि सहयोग गर्ने भएकोले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा गरिने लगानी सुरक्षित रहेको बताउदै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहगरे। भूकम्प र कोरोना महामारीको प्रभावबाट उठ्दै गरेको नेपालको अर्थतन्त्रलाई सबै क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै डा. महतले यस किसिमको भेलाले नेपालको अर्थतन्त्र सुद्रिढीकरणमा टेवा पुग्ने बताए ।

नेपालका छिमेकी देश भारत र बंगलादेशले नेपालको बिजुली किन्ने प्रतिवद्वता जनाईसकेकोले नेपालको जलविद्युत क्षेत्रमा गरिने लगानीले लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने निश्चित भएको बताए।नेपालमा सूचना प्रविधिको ठूलो सम्भावना रहेको कारण सरकारले चालू वजेट मार्फत सूचना प्रविधिमा आयकर घटाएको बताउदै उनले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्नेलाई सरकारले उचित वातावरण बनाउदै स्वागत गर्ने बताए।

नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए । नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाकालागि सरकार जुटेको जानकारी दिँदै महतले भने, ‘विश्व बैंक र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरूमा समेत लगानी गर्न मिल्ने गरी नेपाल सरकार अघि बढेको छ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार