23.1 C
Kathmandu

भारतले चामल निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौँ / भारतले गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । यो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ ।

भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको बताइएको छ । भारतको यो कदमले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार