23.1 C
Kathmandu

ग्लोबल आईएमई बैंकको मोबाइल एपबाट अब भारतपे, पेटीएम र गुगल पेमा कारोबार गर्न सकिने

काठमाडौं / ग्लोबल आईएमई बैंकले क्यूआरमार्फत नेपाल र भारतमा भुक्तानी गर्न मिल्ने गरी ग्राहकलाई भारतपे, पेटीएम र गुगल पेमा कारोबार गर्ने सुविधा उपलब्ध गराउन पेमेन्ट नेपालसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पेटीएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

यो सेवा मार्फत बैंकका ग्राहकहरूले भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न सक्नेछन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार