काठमाडौं । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर ९आइपीओ०को बाँडफाँट बुधबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार भोली ९बुधबार० मध्यान्न ३ः३० बजे बाँडफाँट हुन लागेको हो ।
कम्पनीले माघ २६ गतेबाट आइपीओ निकष्काशन गरेको थियो । प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओमा २ अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ ।
२४ लाख २५ हजार ५३१ जनाले २ करोड ७९ लाख ३६ हजार ३६०० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले गरेको निष्काशनमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि रहेको थियो ।