काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा उल्लेख्य गिरावट आएको हो।
चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा निफ्राले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी घट्नु नै खुद नाफा प्रभावित हुनुको मुख्य कारण बनेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७ प्रतिशतले घटेर ३४ करोड ४२ लाख रुपैयाँमा झरेको छ। गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ३७ करोड ३० लाख रुपैयाँ रहेको थियो।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) समेत प्रभावित भएको छ। विवरणअनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ।
हाल २१ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ।

