काठमाडौं। नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएको छ। मंगलबारबाट एपभित्रै ‘नेसनल आईडी’ विकल्प प्रयोग गरेर परिचयपत्र हेर्न मिल्ने भएको छ। परिचयपत्र नम्बर राखेपछि एप र राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबीच ‘सिंक्रोनाइज’ भएर परिचयपत्र देखिन्छ।
सूचना प्रविधि विभागका अनुसार नागरिक एप हालसम्म ५५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ। एपमा ३२ निकायका ६२ सेवा र सूचना उपलब्ध छन्।
राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमार्फत १ करोड ६५ लाख नागरिकको विवरण संकलन भएको र ६० लाख परिचयपत्र छापिएको छ। तर, २० लाख कार्डमात्र वितरण गरिएको छ।
परिचयपत्र वितरणमा ढिलाइबारे उठेका प्रश्नमा पञ्जिकरण विभागका महानिर्देशक युवराज कट्टेलले डिजिटल प्रतिले कार्डको विकल्प दिन सक्ने बताएका छन्।