विराटनगर । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् ।
आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका छन् ।
सांसद डा। शर्माले गरिब परिवारको निःशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्री खरिद गर्नेसम्मका काम निरन्तर रूपमा गर्दै आएका छन् । यसै क्रममा दक्षिण एसियाका अस्पताल मध्ये भारतको मुम्बई स्थिति कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको’एज-EDGE’ नामक उपकरण नेपालको हकमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ। नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आइसि, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आइजि आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले विना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेलमा क्यान्सर उपचारको लागि दैनिक ओपिडी, प्रयोगशाला परीक्षण, एक्स-रे, सिटी स्क्यान, एम। आर। आई, अल्ट्रासाउन्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्ना गरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेष गरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
नोबेल मेडिकल कलेज अत्याधुनिक प्रविधिको प्रयोगबाट एसिया क्षेत्रकै अस्पतालको रूपमा स्थापित भएको छ । नोबेल मेडिकल कलेज नेपाली काँग्रेसका युवा नेता सांसद डा। सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिन दुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। डा. शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिन राखिदिएका छन्। साथै डा. शर्मा को काठमाडौँको सिनामगल मा स्थित काठमाडौँ मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निःशुल्क उपचार गर्दै आएका छन्।